यमनमाथि हुथी विद्रोहीको आक्रमण : कम्तीमा ३० सैनिकको मृत्यु
annapurnapost.com · Fri Aug 07 03:25:43 GMT 2026

एजेन्सी : मध्य यमनमा हुथी विद्रोहीहरूले सैन्य शिविरहरूमा गरेको आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जना जवानको मृत्यु भएको छ। हालैका वर्षहरूमा यी दुवै पक्षबीच भएको भिडन्तमा यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो।
यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तका विभिन्न सैन्य शिविरहरूमा बलिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो। यी आक्रमणहरूमा परी धेरै सैनिकको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा घाइते भएका छन्। यद्यपि, मन्त्रालयले मृतकको सटीक सङ्ख्या भने सार्वजनिक गरेको छैन।
Read full story at source (annapurnapost.com)