तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति
nagariknews.nagariknetwork.com · Fri Aug 07 03:32:00 GMT 2026

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको भवन तथा संरचनामा क्षति पुगेको छ।
पहिरोमा परी मानवीय क्षति भने भएको छैन। बिहीबार राति १ः१५ बजेको समयमा तातोपानीस्थित सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीको उत्तरपश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोका क्रममा ठूला ढुंगा आपसमा ठोक्किँदा उछिट्टिएकाे ढुंगाले बीओपी परिसरमा क्षति पुर्याएकाे हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)