ट्यांकरबाट तेल चोरी गर्दै सात जना पक्राउ
kendrabindu.com · Fri Aug 07 04:03:16 GMT 2026

पर्सा । पर्साको वीरगञ्जमा भारतबाट नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्यांकरसहित पक्राउ गरेको छ।
बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)