नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
clickmandu.com · Fri Aug 07 04:01:51 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
स्मार्ट टेलिकम प्रालिको धितो लिलामी प्रक्रियासँग सम्बन्धित फौजदारी अनुसन्धानको सिलसिलामा बैंकका पदाधिकारीहरूलाई पक्राउ गर्न अनुमति लिइएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।
Read full story at source (clickmandu.com)