केरौन सबस्टेशन परीक्षण तथा प्रसारण लाइन निर्माणका लागि शनिबार विद्युत् आपूर्ति बन्द हुने
ratopati.com · Fri Aug 07 04:09:47 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनका उपकरणहरूको परीक्षण तथा दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८–६९ बिच डेड एन्ड टावर जडान कार्य सम्पन्न गर्न शनिबार केही जिल्लामा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
Read full story at source (ratopati.com)