सकिन लाग्यो ‘एन्टिस्नेक भेनम सेरम’
annapurnapost.com · Fri Aug 07 04:01:44 GMT 2026

काठमाडौं : देशभर सर्पदंशका घटना बढिरहेका बेला यसको उपचारमा प्रयोग हुने ‘एन्टिस्नेक भेनम सेरम’को मौज्दात भने निकै सीमित देखिएको छ। हाल देशभर वार्षिक १३ हजार २ सय भाइल एन्टिभेनम आवश्यक पर्नेमा मागको १० प्रतिशतभन्दा कम अर्थात् १ हजार २ सय ६९ भाइलमात्र मौज्दात छ। औषधिको सीमिततासँगै घरमै गरिने परम्परागत तथा अवैज्ञानिक उपचार पद्धतिका कारण बिरामीको अकालमै ज्यान जाने क्रम बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि साउन २० गतेसम्म देशभर सर्पदंशका ७ सय ५७ वटा घटना भएका छन्। जसबाट ५६ जनाको मृत्यु भएको छ भने ७ सय ९ जना घाइते भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार हाल केन्द्रीय स्टोरमा १ सय ३८, प्रादेशिक केन्द्र आपूर्तिमा ४ सय ४४, स्वास्थ्य कार्यालयहरूमा २ सय २२ र सर्पदंश उपचार केन्द्रहरूमा ४ सय ६५ गरी जम्मा १ हजार २ सय ६९ भाइल एन्टिभेनम मौज्दात छ।
Read full story at source (annapurnapost.com)