पर्यटक बढाउन १ अर्बको हवाई टिकट अनुदान दिऊँ
ratopati.com · Fri Aug 07 04:34:00 GMT 2026

हामी सबैलाई थाहा छ, सम्भावनाको कुनै आयतन हुँदैन । हाम्रो देश नेपालसँग भएको प्राकृतिक, सांस्कृतिक र धार्मिक वैभवको पर्यटकीय सम्भावनाको आयतन कुनै अंकमा सीमित गर्न सकिँदैन । सम्भावनाको सीमा बढाउन नेपालले गर्नुपर्ने काम भने थुप्रै छन् । यसका लागि हाम्रा नीति, नियम र व्यवहारमा परिवर्तन हुनुपर्छ ।
यसका लागि हामीले काम गर्नुपर्ने तमाम विषयमध्ये एउटा हवाई भाडा प्रमुख विषय हो । जब नेपाल आउन चाहने कुनै पर्यटकले टिकटको मूल्य हेर्छ, उसको उत्साह मूल्यकै कारण सेलाउन पुग्छ । नेपालका प्रतिस्पर्धी गन्तव्य मुलुक थाइल्यान्ड, श्रीलङ्का वा भियतनामको तुलनामा नेपालसँगको हवाई पहुँच मूल्यका हिसाबले महँगो छ । हवाई टिकट महँगो हुनु नै नेपालको पर्यटन विस्तारको सबैभन्दा ठूलो ‘संरचनागत अवरोध’ बनेको छ ।
Read full story at source (ratopati.com)