हत्या आरोपितलाई प्रहरीले साउदीबाट काठमाडौं ल्यायो
kendrabindu.com · Fri Aug 07 04:38:27 GMT 2026

काठमाडौं । इन्टरपोलको रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।
तनहुँको साविक भिरकोट–६ (हाल ऋषिङ गाउँपालिका–४) का अम्मर सिंह नेपालीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो । उनीविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो।
Read full story at source (kendrabindu.com)