वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने आरोपमा सात जना पक्राउ
nepalviews.com · Fri Aug 07 04:38:06 GMT 2026

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट फलामको पाइपको हुक प्रयोग गरी सिल उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको हो।
Read full story at source (nepalviews.com)