प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची
annapurnapost.com · Fri Aug 07 04:38:57 GMT 2026

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८३ पेश गर्ने कार्यसूची छ।
यसैगरी प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक,सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)