शनिबार १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने
baahrakhari.com · Fri Aug 07 04:41:45 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
Read full story at source (baahrakhari.com)