शेखर कोइरालाले गरे जेन जी विद्रोहमा जलाइएको कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता
nepalviews.com · Fri Aug 07 05:01:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। गत वर्ष जेन जी विद्रोहका क्रममा कोइराला निवास जलाइएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै डा. कोइरालाले सरकारले कोइराला निवासको मर्मत तथा संरक्षणका लागि बजेट छुट्याएकोमा धन्यवाद व्यक्त गरे पनि मुलुकमा गरिबी, अभाव र अनेकौं कठिनाइमा रहेका नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त बजेट स्वीकार गर्न नैतिक रूपमा असमर्थ रहेको उल्लेख गरेका छन्।
Read full story at source (nepalviews.com)