सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती आबद्ध, डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर
ictsamachar.com

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ । यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वत: दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन् ।
कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु. १० लाख प्राप्त गर्नेछन् । खल्तीमार्फत गरिएको योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वत: पुग्नेछ ।
Read full story at source (ictsamachar.com)