शेखर कोइरालाले फिर्ता गरे कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट
ratopati.com · Fri Aug 07 05:19:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।
Read full story at source (ratopati.com)