नयाँ विचारबिनाको पार्टीले देशलाई दिशा दिन सक्दैन : बाबुराम भट्टराई
nepalnews.com · Fri Aug 07 05:19:09 GMT 2026

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक शक्ति निर्माणका लागि नयाँ विचार, नीति र नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले पुरानै सोच, नेतृत्व र संरचनालाई सामान्य परिवर्तन गरेर मात्रै नयाँ युगको आवश्यकता पूरा गर्न नसकिने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गर्दै भट्टराईले नेपालमा फेरि एकपटक राजनीतिक दलहरूको विघटन, पुनर्गठन र नयाँ शक्ति निर्माणको प्रक्रिया सुरु भएको अनुभूति भइरहेको बताएका छन्। उनले प्रकृति, समाज र विचारको विकासक्रमअनुसार यस्तो प्रक्रिया स्वाभाविक र अनिवार्य हुने उल्लेख गरेका छन्।
Read full story at source (nepalnews.com)