सरकारले घोषणा गरेको लाखौंको लट्री तपाईंलाई पो पर्यो कि ? इसेवाको कारोबार कुपन हेर्ने तरिका
techpana.com · Fri Aug 07 05:32:32 GMT 2026

काठमाडौं । उपभोक्ताहरूमा सामान किन्दा अनिवार्य रूपमा बिल (बीजक) माग्ने बानी बसाल्न र कर प्रणालीमा पारदर्शिता ल्याउन सरकारले सुरु गरेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३' को पहिलो नतिजा सार्वजनिक भएको छ । आन्तरिक राजस्व विभागले शुक्रबार लक्की ड्रमार्फत पहिलो चरणका विजेताहरूको घोषणा गरेको हो ।
जसमा सहभागीमध्ये १६ जना भाग्यशाली नेपालीहरू लखपति बनेका छन् । यो कार्यक्रम मुख्यतया व्यक्तिगत प्रयोजनका लागि सामान खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गरी ल्याइएको हो । अर्थ मन्त्रालयले स्वीकृत गरेको कार्यविधि अनुसार यस योजनाले बजारमा हुने वास्तविक कारोबारलाई करको दायरामा ल्याउने र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (techpana.com)