हलेसी दर्शन तथा अवलोकन गर्नेको भीड
newsofnepal.com · Fri Aug 07 05:36:16 GMT 2026

खोटाङ । किरात, हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा दर्शनार्थीको भीड लागेको छ । खोटाङस्थित त्रि–धार्मिक स्थल हलेसीमा साउनको तेस्रो सोमबार अर्थात् बोलबमको अवसरमा दर्शनार्थीको भीड लागेको हो ।
साउनको गत सोमबारहरु जस्तै तेस्रो सोमबार पनि बिहानैदेखि दर्शनार्थी तथा भक्तजनहरुको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसी दर्शन गर्ने तथा उक्त क्षेत्रको अवलोकन गर्ने पर्यटकहरुको संख्या बर्सेनि बढ्दो रहेकोे छ ।
Read full story at source (newsofnepal.com)