नेपालको आवश्यकताअनुसार आपत्कालीन सहयोग गर्न चीन तयार
barnanmedia.com · Thu Aug 27 15:30:44 GMT 2026

चीनले नेपालको आवश्यकता अनुसार आपतलीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बाढीका कारण उत्पन्न विपदमा दुवै पक्षले खोजी र उद्धारका लागि निकट सञ्चार र समन्वय गरिरहेको बताउनु भयो ।
चिनिया सरकारी टेलिभिजन सीसीटिभीसँगको कुराकानीमा जियानले बाढीपहिरोले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति पुऱ्याएको र धेरै मानिसहरू बेपत्ता भएको उल्लेख गर्नुभएको छ । चिनियाँ पक्षका तर्फबाट उनले नेपाल सरकार र विपद्बाट प्रभावित सबैमा हार्दिक सहानुभूति प्रकट गरेका छन् ।
Read full story at source (barnanmedia.com)