सर्वोच्चको अन्तरिम आदेश :इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न निर्देशन
bishowkhabar.com · Fri Aug 07 05:46:09 GMT 2026
काठमाडौं– सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा अन्य सञ्चालकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
स्मार्ट टेलिकमको धितो सम्पत्ति सरकारी स्वीकृतिविनै लिलाम बिक्री गरिएको आरोपमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका सञ्चालक समितिका सदस्यविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले उनीहरूको बैंक खाता रोक्का गरेको थियो।
Read full story at source (bishowkhabar.com)