आयोगद्धारा विद्युत महशुल निर्धारण निर्देशिका जारी, खपत बढाउने र उद्योग प्रवर्द्धन लक्ष्य
corporatenepal.com · Fri Aug 07 05:49:43 GMT 2026

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ । लागतमा आधारितमा महशुल दर निर्धारण गर्न भन्दै आयोगले यो नयाँ निर्देशिका जारी गरेको हो ।
आयोगले यही साउन १८ को निर्णयअनुसार विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी साविकको निर्देशिकालाई खारेज गर्दै नयाँ निर्देशिका लागू जारी गरेको जनाएको छ । लागतमा आधारित महशुल दर उपभोक्तामैत्री, सर्वसुलभ र पारदर्शी हुने भन्दै आयोगले महसुल प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्य राखिएको बताएको छ ।
Read full story at source (corporatenepal.com)