थाइल्यान्डको विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार, कम्तीमा ६ जनाको मृत्यु
annapurnapost.com · Fri Aug 07 05:59:12 GMT 2026

बैंकक : थाइल्यान्डको एक विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आंशकामा १४ वर्षीय एक विद्यार्थीको पहिचान गरिएको छ। शुक्रबार राजधानी बैंकक नजिकै रहेको नन्थाबुरी जिल्लास्थित एक माध्यमिक विद्यालयमा उक्त दुखद् घटना घटेको हो।
प्रत्यक्षदर्शीका अनुसार कक्षाका गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि विद्यार्थी तथा शिक्षकहरूबीच भागदौड मच्चिएको थियो। प्रहरीका अनुसार बन्दुकधारी स्वयं सोही विद्यालयका १४ वर्षीय छात्र हुन्। घटना लगत्तै सुरक्षाकर्मी तथा आपत्कालीन उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य अघि बढाएका थिए।
Read full story at source (annapurnapost.com)