नेपाल राष्ट्र बैंकले आज रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलन उपकरण निष्कासन गर्दै
bishowkhabar.com · Fri Aug 07 06:04:46 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज प्रकाशित सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणको बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म सञ्चालन हुनेछ। सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोल गर्न सक्नेछन् ।
Read full story at source (bishowkhabar.com)