देशमै पहिलोपटक ‘डिजिटल फेस्ट’ हुँदै
baahrakhari.com · Fri Aug 07 06:07:42 GMT 2026

काठमाडौं । देशमै पहिलोपटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ । यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुनेछ ।
उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन् । ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ ।
Read full story at source (baahrakhari.com)