गोला–बारुद सकिएको समाचारले अमेरिका कमजोर देखिएको भन्दै क्रुद्ध भए ट्रम्प
ratopati.com · Fri Aug 07 06:19:33 GMT 2026

वाशिङटन डीसी । हालैका दिनमा अमेरिकी सञ्चार माध्यममा इरानसँग जारी युद्धको बिचमा रक्षा मन्त्रालयसँग जगेडा रहेका गोला बारुद घट्दै गइरहेको खबरहरू आएका थिए । ट्रम्प, रक्षा मन्त्रालय र मन्त्रालयका शीर्ष अधिकारीहरूले यो खबरको खण्डन पनि गरे । क्षेप्यास्त्र तथा अन्य सैन्य हतियारको भण्डार घट्दै गएको विवरण सार्वजनिक भएपछि ट्रम्पले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तो जानकारी बाहिर आउँदा संवेदनशील समयमा अमेरिका कमजोर देखिएको भन्दै ट्रम्प आक्रोशित बनेको वरिष्ठ अमेरिकी अधिकारीहरूको भनाइ छ । पछिल्ला दिनहरूमा ट्रम्पले इरानलाई नयाँ सम्झौतामा सहमत गराउन आवश्यक परे थप सैन्य कारबाही गर्न सक्ने चेतावनी ट्रम्पले दिँदै आएका छन् । यस्तै अवस्थामा अमेरिकी हतियार भण्डार कमजोर भएको समाचार सार्वजनिक हुनु आफ्नो रणनीतिका लागि हानिकारक भएको उनको धारणा रहेको बताइएको छ ।
Read full story at source (ratopati.com)