केन्द्रीय बैंकले ६० अर्बको एक महिने निक्षेप सङ्कलन गर्ने
arthadabali.com · Fri Aug 07 06:15:03 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एक महिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस)मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ ।
Read full story at source (arthadabali.com)