आलेखः समुदायसँगै विपद् प्रतिकार्यका पहल
barnanmedia.com · Fri Aug 07 06:07:39 GMT 2026

गत असार २८ गते कैलालीको गोदावरी नदी एक्कासी उर्लेर आयो । केही क्षणअघि सामान्य देखिएको नदीले एकाएक रौद्र रूप लियो । बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्ल नदीको बीच भागको बगरमा थुनिए । चारैतिर बाढीको भेल थियो । अगाडि बढ्ने बाटो थिएन, फर्किने सम्भावना थिएन ।
मल्लका लागि प्रत्येक मिनेट मूल्यवान् थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको उद्धार टोली परिचालित भयो । केहीबेरमै अपिल सकुशल बाहिर निकालिए । त्यसअघि गत जेठ २ गते गोदावरी—११ ओलानीमा रुखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारलाई सूचना पाएलगत्तै सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गर्योे । यही साउन १२ गते कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोल नजिक महाकाली नदीको बीच भागमा फसेका ४५ वर्षीय रामबहादुर सिंहको पनि समयमै प्राप्त सूचनाका आधारमा सकुशल उद्धार भयो ।
Read full story at source (barnanmedia.com)