कुल बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने मान्यता, ४ प्रतिशत बजेट पनि खर्च गर्न सक्दैन स्वास्थ्य मन्त्रालय
ratopati.com · Fri Aug 07 06:27:54 GMT 2026

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्ट्याउनुपर्ने बताउँदै आएको छ । यस विपरीत नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ५ प्रतिशत पनि पुर्याउन सकेको छैन । एकातिर स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने अवस्था छ भने अर्कोतिर विनियोजित बजेटसमेत खर्च गर्न नसक्ने समस्या विद्यमान छ ।
कुल बजेटको ठुलो हिस्सा भवन तथा पूर्वाधार निर्माणमा विनियोजन हुने र सो प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भएकाले आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज हुने गरेको छ । दातृ निकायका साना कार्यक्रममा सरकार बढी व्यस्त हुँदा बजेट फ्रिज हुने गरेको स्वास्थ्यका अधिकारी बताउँछन् ।
Read full story at source (ratopati.com)