चीन-दक्षिण एसिया सहकार्यमा नेपालले सेतुको भूमिका खेल्न सक्छ: परराष्ट्रमन्त्री खनाल
kendrabindu.com · Fri Aug 07 06:29:10 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रभावकारी सेतु बन्न सक्ने बताएका छन्। उनले नेपालको भूराजनीतिक अवस्थाले क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने सम्भावना रहेको उल्लेख गरे।
ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया: विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपालले आफ्ना दुवै छिमेकी मुलुकसँग सार्वभौम समानता, पारस्परिक सम्मान, साझा हित तथा एकअर्काका वैध चासाप्रति संवेदनशील रहने सिद्धान्तका आधारमा सम्बन्ध अघि बढाउँदै आएको बताए।
Read full story at source (kendrabindu.com)