सडक विस्तारका निम्ति पोल सार्ने कार्य ८० प्रतिशत सकियो : प्राधिकरण
baahrakhari.com · Fri Aug 07 06:28:15 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तार कार्यलाई सहयोग पुर्याउन विद्युतीय पोल स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ । सडक विस्तारका क्रममा बाधक बनेका पोलहरू सार्ने काम हालसम्म ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको प्राधिकरणले जनाएको हो ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार, काठमाडौं–पोखरा सडकखण्ड लगायतका मुख्य क्षेत्रहरूमा पोल सार्ने काम करिब सकिएको छ भने केही स्थानमा पुराना पोलहरू उखेल्न मात्र बाँकी रहेको छ ।
Read full story at source (baahrakhari.com)