सानो खरिद, ठूलो पुरस्कार: १६० रुपैयाँको बिल पनि पर्यो एक लाखको लट्रीमा
bishowkhabar.com · Fri Aug 07 06:30:49 GMT 2026

काठमाडौं– सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणको उपहार विजेता घोषणा गरेको छ। साउन १ देखि १५ गतेसम्म भएका कारोबारका आधारमा गरिएको छनोटमा १६ जना उपभोक्ता भाग्यशाली बनेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। पुरस्कारमा २५ प्रतिशत आकस्मिक लाभकर कट्टी हुने भएकाले नियमित विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Read full story at source (bishowkhabar.com)