बैंककको विद्यालयमा गोलीकाण्ड: दुईको हत्या गरेपछि आक्रमणकारीले गर्यो आत्महत्या
kalakarmi.com · Fri Aug 07 06:37:40 GMT 2026

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको नोनथाबुरी जिल्लास्थित देबसिरिन विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घटनामा मृतकको आधिकारिक संख्या भने अझै सार्वजनिक गरिएको छैन ।
अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान करिब १० बजे एक विद्यार्थीले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएका थिए। गोली चलेपछि विद्यार्थी र शिक्षकहरू ज्यान जोगाउन भागेका थिए भने आपत्कालीन उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो ।
Read full story at source (kalakarmi.com)