धनुषामा हरियाली प्रवर्द्धन : ६६.५ हेक्टरमा वृक्षरोपण
ratopati.com · Fri Aug 07 06:49:25 GMT 2026

जनकपुरधाम । डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२/८३ मा हरियाली प्रवर्द्धनअन्तर्गत ६६ दशमलव पाँच हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको छ । कार्यालय प्रमुख विनोद सिंहका अनुसार गत आर्थिक वर्षमा बिरुवा उत्पादन तथा वृक्षरोपण कार्यक्रममार्फत हरियाली विस्तार, वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ ।
त्यस क्रममा स्थानीय कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक वन क्षेत्रमा १२ हजार बाँसका बिरुवा रोपेको छ भने केशर दमर सामुदायिक वनमा पाँच सय फलफूलजन्यसहित आठ हजार र बिरुवा रोपिएको छ ।
Read full story at source (ratopati.com)