गाडीका नक्कली पार्ट्स कारोबारको आरोपमा एक जना पक्राउ, करोडौंका सामान बरामद
lokaantar.com

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले टाटा गाडीका नक्कली पाटपुर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री–वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यवसायी राजकुमार पोते छन् ।
प्रहरीका अनुसार बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मार्दा करोडौं रुपैयाँ बराबरका अवैध रूपमा आयात गरिएका नक्कली पार्टपुर्जा बरामद गरिएको छ। प्रहरीले पसलसहित १० वटा गोदाम पनि सिलबन्दी गरेको छ ।
Read full story at source (lokaantar.com)