बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेज
annapurnapost.com · Fri Aug 07 06:49:03 GMT 2026

बर्दिबास : राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना खारेजीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आयोजना प्रमुख एवं उपसचिव देवीप्रसाद सुवेदीलाई जिम्मेवार अधिकारी तोकेको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाबाट २०८३ साउन १५ गते जारी पत्रअनुसार नेपाल सरकार अन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाको मूल्याङ्कन गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेजी प्रक्रियामा लगिएको उल्लेख गरिएको छ ।
Read full story at source (annapurnapost.com)