‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि (तस्बिरहरू)
ratopati.com · Fri Aug 07 07:10:10 GMT 2026

काठमाडौँ । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को आज स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । साउन १४ गते आरोहणका क्रममा हिम पहिरोमा परी निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेजको विमानमार्फत नेपाल ल्याइएको हो ।
गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलले गुरुङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले पनि पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
Read full story at source (ratopati.com)