शशांक कोइराला : नेतृत्व परिवर्तन कि शक्ति व्यवस्थापन ?
baahrakhari.com · Fri Aug 07 07:14:43 GMT 2026
नेपाली कांग्रेसको संस्थापनइतर समूहले अन्ततः डा. शशांक कोइरालालाई आफ्नो नेतृत्वको केन्द्रमा अघि सारेको छ । सतहमा हेर्दा यो संस्थापन पक्षविरुद्धको निर्णायक कदमजस्तो देखिए पनि यसको राजनीतिक अर्थ त्यतिमा सीमित छैन । बरु यसले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, शक्ति संरचना र परिवर्तनप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ । सबैभन्दा ठूलो प्रश्न यही हो - यो नयाँ नेतृत्वको सुरुआत हो कि पुरानै शक्ति संरचनाको निरन्तरता ?
यो प्रश्न पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको भूमिकासँग पनि जोडिन्छ । संस्थापनविरुद्ध सबैभन्दा सक्रिय नेतामध्ये उनी अग्रपङ्क्तिमा थिए । कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै संगठनदेखि कानुनी लडाइँसम्मको नेतृत्व गरे । तर निर्णायक घडीमा उनी पछि हटे । यसको औपचारिक कारण स्वास्थ्य अवस्था बताइए पनि राजनीतिमा औपचारिक कारणले मात्र सबै उत्तर दिँदैन । त्यसैले उनले संस्थापनसँग निर्णायक प्रतिस्पर्धा सम्भव छैन भन्ने निष्कर्ष निकालेका हुन् कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
Read full story at source (baahrakhari.com)