चीन र दक्षिण एसिया बिचकाे सम्बन्धका लागि नेपालको भूमिका महत्त्वपूर्ण : राजदूत माओमिङ
ratopati.com · Fri Aug 07 07:28:31 GMT 2026

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन– नेपाल सहकार्यले दक्षिण एसियाली देशबिच द्विपक्षीय सहकार्यका लागि उदाहरण प्रस्तुत गरेको बताएका छन् । उनले यो सहकार्यले क्षेत्रीय स्थिरता र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
शुक्रबार नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र चीनको फुदान विश्वविद्यालय अन्तर्गतको दक्षिण एसिया अध्ययन केन्द्रको आयोजनामा ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै राजदूत चाङले चीन र दक्षिण एसिया बिचको सहकार्यलाई थप सुदृढ बनाउन नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
Read full story at source (ratopati.com)