लिपमोटर बीओ ३ एक्स नेपाल आइपुग्यो, छिट्टै औपचारिक लन्च हुँदै
annapurnapost.com · Fri Aug 07 07:43:46 GMT 2026

काठमाडौं : अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बीओ ३ एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ । ’इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर द्यण्घह् ले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ । यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको (CLTC) प्रभावकारी रेन्ज प्रदान गर्दछ । साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका दृष्टिले यसमा ’एडिएस लेभल २’( ADAS Level 2) प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
Read full story at source (annapurnapost.com)