नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो
annapurnapost.com · Fri Aug 07 07:53:39 GMT 2026

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्ष को अवसर पारेर 'एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६' आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको 'अर्ली बर्ड' छुटको घोषणा गरेको छ ।
अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष 'एचपी लुब्रिकेन्ट्स' ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ। ५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्टी एप सँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो ।
Read full story at source (annapurnapost.com)