एक वर्षमा ४४७ वन्यजन्तुको उद्धार, सबै भन्दा बढी सर्प
annapurnapost.com · Fri Aug 07 07:54:59 GMT 2026

दाङ : दाङको देउखुरी क्षेत्रमा एक वर्षको अवधिमा साढे ४ सय बन्यजन्तु उद्धार गरिएको छ । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२ /८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको तथ्याक सार्वजनिक गरेको छ ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका रहेका छन । सर्प प्रजातिका ४३१ वटा वन्यजन्तु उद्धार गरिएको छ । तीमध्ये ९ वटा अजिङ्गर, १ वटा राजगोमन र अन्य ४ सय २१ कोब्रालगायत प्रजातिका सर्पहरु रहेका छन् । घाइते, टुहुरा, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले सङ्टमा परेका वन्यजन्तुको उद्धार गरिँदै आएको छ ।
Read full story at source (annapurnapost.com)