चाडपर्व लक्षित बजार अनुगमन आजबाट, नापतौल, गुणस्तर र प्रशासनको संयुक्त टोली निस्कने
bizmandu.com · Sun Sep 18 04:55:47 GMT 2022
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गर्ने भएको छ।
वाणिज्य विभाग, नापतौल विभाग, खाद्य गुणस्तर र जिल्ला प्रशासन कार्यालय लगायतको टोलीले संयुक्त अनुगमन गर्न लागेको हो।
टोलीले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका बजार, पसल, प्रतिष्ठानहरुमा अनुगमन गर्नेछ।
टोलीले चाडपर्वमा खपत हुने खाद्यान्न, लताकपडा माछामासु लगायत सबै उपभोग्य वस्तुको अनुगमन विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए। 'संयुक्त बजार अनुगमनको तयारीमा छौं सबैतिरबाट कर्मचारीहरु जम्मा हुने क्रम छन्,' उनले भने, 'विभागले कसरी निर्देशन दिन्छ त्यसैअनुसार बजार अनुगमन गर्ने हो।'
यतिबेला बजारमा कालोबजारी, म्याद सकिएको खाद्यान्न बेच्ने र मूल्यवृद्धि हुने भएकाले सम्बन्धित विभागहरु सहितको संयुक्त टोलीले अनुगमन गर्न लागेको उनले बताए। 'विभागमा पर्याप्त कर्मचारी छैनन्, मन्त्रालयसँग माग गरिएको छ,' उनले भने।
Read full story at source (bizmandu.com)