विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग
kendrabindu.com · Fri Aug 07 08:04:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए । उनले संसदले आफैं बनाएको नियमावलीमा बोल्न पाउने अधिकारको दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।
Read full story at source (kendrabindu.com)