प्रधानमन्त्री कार्यालयको प्रगति विवरण : ३ महिनामा २१ मन्त्रिपरिषद् बैठक, ३८४ निर्णय
ratopati.com · Fri Aug 07 08:16:58 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) अवधिको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। सूचनाको हक सम्बन्धी ऐनअनुसार स्वतः प्रकाशन गरिएको यस प्रतिवेदनमा सुशासन प्रवर्द्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्त्वपूर्ण काम भएको उल्लेख छ।
कार्यालयले ‘जेनजी आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जबाफदेही बनाइएको प्रतिवेदनमा जनाइएको छ।
Read full story at source (ratopati.com)