जनताले हामीलाई कुरीकुरी गरिरहेका छन्, संसद्लाई दुर्गन्धित नबनाऔँ : सांसद ध्रुवराज राई
ratopati.com · Fri Aug 07 08:26:04 GMT 2026

काठमाडौँ । श्रम शक्ति पार्टीका सांसद ध्रुवराज राईले संसद्को कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले संसद्मा भइरहेको निरन्तरको अवरोध र निष्कर्षविहीन छलफलले जनतामा नकारात्मक सन्देश गएको बताए।
सांसद राईले जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘जनताले तपाईं हामीलाई, हामी नेपाली जनताका प्रतिनिधि भएर आएकाहरूलाई कुरीकुरी गरिरहेका छन्,’ उनले भने, ‘समस्याको समाधान नखोज्ने हो भने कतिञ्जेल यसरी नै कराउँदै बस्ने ?’
Read full story at source (ratopati.com)