डाक्टरले चन्दा उठाएर बचाए अनिलको ज्यान
rajdhanidaily.com · Fri Aug 07 08:26:48 GMT 2026

काठमाडौँ । वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरु छन्, कोही आफ्ना बिरामीको अवस्था देखेर हतासमा छन् । कोही उपचारपश्चात् घर फर्कने तयारी छन् । ओहोरदोहोर गर्नेको बाक्लै भीड छ । त्यही तलाको ‘बेड’ नम्बर ३४९ मा हुनुहुन्छ, कालीकोट स्थायी घर भई काठमाडौँस्थित डल्लुमा बस्ने अनिल दमाईं ।
गत शनिबार राति करिब १० बजेको समय थियो । खाना खाएर उनी सुत्ने तर्खरमा थिए । अचानक पेटमा असह्य पीडा सुरु भयो । केहीबेरमै उनको शरीर पसिनाले निथ्रुक्क भिज्यो । श्वास फेर्न गाह्रो हुन थाल्यो । पीडा यति असह्य थियो कि उनलाई आफू अब बाँच्दिन कि भन्ने लाग्न थाल्यो तर पनि उनले एक घण्टासम्म आफ्नो पीडा परिवारसँग लुकाए । श्रीमती नआत्तिउन्, घरका सदस्यहरू डराउन नपरोस् भन्ने सोचले उनी चुपचाप छटपटाइरहे ।
Read full story at source (rajdhanidaily.com)