करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ - अर्थमन्त्री डा. वाग्ले
arthasansar.com · Fri Aug 07 08:29:57 GMT 2026

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) बिल दिने-लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शुक्रबार आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो गोलाप्रथा (ड्र) घोषणा समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले डिजिटल प्रणालीमार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।
'करदाताहरूलाई डिजिटल माध्यम अवलम्बन गर्न र बिल लिने-दिने संस्कारको विकास गर्न प्रोत्साहन गर्दा राजस्व चुहावट रोक्न मद्दत पुग्छ,' अर्थमन्त्री वाग्लेले भने, 'यसले करको दायराबाहिर रहेकाहरूलाई पारदर्शी ढङ्गले देश निर्माणमा सहभागी गराउन सहयोग पुर्याउँछ। प्रविधि र नीतिको सही संयोजनले नै आज यो सम्भव भएको हो।'
Read full story at source (arthasansar.com)