दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
bishowkhabar.com · Fri Aug 07 08:30:21 GMT 2026

काठमाडौं -सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको छ।
उनकी पत्नी दिप्ती बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको इजलासले कारण देखाउ आदेश जारी गरे पनि थुनामुक्त गर्न भने नमानेको हो। बस्नेतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितलाई विपक्षी बनाउँदै सर्वोच्चमा निवेदन दिएकी थिइन्।
Read full story at source (bishowkhabar.com)
