धवलशमशेरको नयाँ पार्टी : राजतन्त्रको मुद्दा बलियो बन्छ कि झन् कमजोर ? (भिडियो)
ratopati.com · Fri Aug 07 08:32:29 GMT 2026

काठमाडौँ । नेपालको राजनीतिमा कम्युनिस्ट पार्टीहरूको विभाजनबारे धेरै बहस हुन्छ । धेरै फुट्ने भएकाले बहस पनि धेरै हुनु स्वाभाविकै होला । राजावादी धारको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपा विभाजनको इतिहास पनि कम रोचक छैन । राप्रपा फुटको शृंखला पनि कम्युनिस्टहरूको भन्दा कम देखिँदैन । राप्रपाले पनि कम्युनिस्ट पार्टीहरूले जस्तै टुटफुट, पुनःएकता र फेरि विभाजनको लामो चक्र भोग्दै आएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पूर्वपञ्च नेताहरू एउटै छातामुनि उभिने प्रयासस्वरूप राप्रपाको अवधारणा अघि बढ्यो । विडम्बना के भने पार्टीले औपचारिक आकार लिनुअघि नै नेतृत्व विवाद चर्कियो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबिचको असमझदारीले २०४७ जेठ १५ गते दुई अलग–अलग राप्रपा जन्मिए ।
Read full story at source (ratopati.com)