चीनसँग उच्चस्तरीय भेटवार्ताको अडानमा रास्वपा, रविको भ्रमण अनिश्चित
ratopati.com · Fri Aug 07 08:45:00 GMT 2026

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाको चीन भ्रमण अन्योलमा परेको छ । चिनियाँ पक्षको पहलमा लामिछाने साउनको अन्तिम वा भदौको पहिलो साता चीन भ्रमणमा जानेगरी पार्टीले तयारी थालेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टी र रास्वपा दुवै पक्षको पहलमा भ्रमण मिति तय गरिने भनिए पनि अहिलेसम्म टुङ्गो नलागेको महामन्त्री विपिन कुमार आचार्यले जनकारी दिए । सभापति लामिछाने र महामन्त्री आचार्यबिच बिहीबार छलफल भएको थियो । पार्टीको तर्फबाट उच्चस्तरीय भ्रमणका लागि को–को सहभागी हुने ? भ्रमण कति दिनको हुने ? को–कोसँग भेटवार्ता गर्ने लगायतका विषयमा टुङ्गो नलागेको आचार्यले जानकारी दिए ।
Read full story at source (ratopati.com)