शिक्षक महासंघद्वारा भदौदेखि आन्दोलनको घोषणा
saralpatrika.com · Fri Aug 07 08:44:57 GMT 2026

काठमाडौँ। नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन आगामी भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ। साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका १५ बुँदे निर्णयहरू शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै महासंघले आन्दोलनको तयारी अघि बढाएको जानकारी दिएको हो।